क्षत्री समाज नेपालले अन्य सगँ मिलेर पार्टि खोल्ने

पोखरा, ११ चैत/क्षत्री समाज नेपालले अन्य जातिय सघसंस्था सगँ मिलर नयाँ पार्टी घोषणा गर्ने भएको छ । क्षत्री समाज नेपालले आज पोखरामा पत्रकार समेलन गरि अन्यसघ संस्था मिलाएर नयाँ पार्टीको घोषण गर्ने जानकारी दिएको हो ।जातिय सद्भाव कायम गर्नका लागि भन्दै क्षत्री समाजले वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने बताएका छ । “गणतन्त्र, लोकतन्त्र र संघीयताप्रति प्रतिबद्ध छौं । हाम्रा मागहरु पुरा नभए पछि बैकल्पिक राजनीतिक पार्टी निर्माण गर्ने निर्णय गरेका हौं । तर जातीय राजनीतिक दल भने हुदैन ।’ क्षत्री समाज नेपालका महासचिव कुमार खड्काले बताए । उनले क्षत्री समाजको पहलमा अन्य २९ जातजाति पनि नयाँ खोल्न लागेको पार्टिमा आउने पक्का भैसरेको र अन्य जातजाति सगँ पनि वार्ता भैरहेको बताए ।

कमेन्टहरु
Loading...