चट्याङ लागेर कास्कीमा एक जनाको मृत्यु, ८ जना घाइते

पोखरा, ८ चैत्र/आज विहान असिना पानींसंगै चट्याङ पर्दा कास्कीमा एक जनाको ज्यान गएको छ भने ८ जना वेहोस भएका छन् । कास्कीको लाहाचोक गाविस ९ अर्मलामा परेको चट्याङले ५९ बर्षीय धनलाल तामाङको ज्यान गएको छ । तामाङका अन्य दुई जना परिवारका सदस्य समेत वेहोस भएको स्थानीय बासीले बताएका छन ।

त्यसै गरी कास्कीको सिल्दुजुरे गाविसको तप्राङ्गमा परेको चट्याङ्गले ४ जना वेहास भएका छन । वेहोस ४ जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार पछि हाल उनीहरुको अवस्था सामान्य भएको स्थानीय बासिहरुले बताएका छन् ।

विहानै देखि परेको असिना पानीले कास्कीका सिल्दुजुरे, लाहाचोक लागयतको क्षेत्रमा असिना पानीले फलफुल तथा अन्यवालीलाई नष्ट पारेको स्थानीय बासिहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...