नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीद्वारा ज्ञापनपत्र पेस

पोखरा, चैत्र ७/ नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी, कास्की जिल्ला समितिले
बुधबार कास्कीका जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाललाई विभिन्न मागसहित
ज्ञापनपत्र पेस गरेको छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष नवराज रेग्मीको नेतृत्वमा गएको समूहले जिशिअ
भुसाललाई भेटी राष्ट्रिय स्तरका १८ र स्थानीय स्तरका १३ वटा मागहरुसहित
ज्ञापनपत्र बुझाएको हो । विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, निजी
शैक्षिक संस्थाले लिँदै आएका मनोमानी शुल्क खारेज गरी सरकारी आचारसंहिता
लागू गर्नुपर्ने, विश्वविद्यालयमा भागवण्डा बन्द गरिनेपर्ने, असीमित सम्बन्धन दिन
नहुने, विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्रीमा ५० प्रतिशत छुटको व्यवस्था
गरिनुपर्ने, दस जोड दुईहरुलाई आगामी शैक्षिक सत्रदेखि पूर्ण रुपमा खारेज
गर्नुपर्ने, विभिन्न आन्दोलनका सहिदका छोरीछोरीलाई निःशुल्क पढाइको
व्यवस्था गर्नुपन, डेभिजफल्स्को जिम्मा छोरेपाटन उच्च माविलाई नै दिनुपर्ने,
विभिन्न समयमा भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने, एक शिक्षकले एक
विद्यालयमा मात्रद्द शिक्षण गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेलगायतका मागसहित पेस
गरिएको सो ज्ञापनपत्र बुझ्दै जिशिअ चन्द्रकान्त भुसालले केन्द्रीय मागहरु क्ेन्द्र
पेस गर्ने र स्थानीय मागहरुलाई पूरा गर्ने प्रयास गर्ने बताउनुभयो ।

यसैबीच, आजै साँझ आन्दोलनरत विद्यार्थीहरु र जिल्ला शिक्षा अधिकारीसहित
कार्यालयका कर्मचारीसहित मागका विषयमा छलफल भएको क्रान्तिकारीका अध्यक्ष
नवराज रेग्मीले जनाउनुभयो ।

कमेन्टहरु
Loading...