मेरो नेपालको सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तिव

मेरो नेपाल युवा क्लब, पोखरा–१४ मझेरीपाटनले नववर्ष २०७० को अवसर पारेर आयोजना गरेको तेस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । मझेरीपाटन स्थित क्लवमा विहिवार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

जस अन्तर्गत मुल आयोजक समितिको संयोजकमा क्लवका अध्यक्ष हरि जिसी, कार्यक्रम संयोजक दिवस कुँवर, अर्थ संकलनमा निवर्तमान अध्यक्ष राजुकुमार थापा, तयारी उपसमितिमा कमलराज ढुङगाना रहनुभएको छ ।

यसैगरि साउण्ड सिस्टममा नविन बराल, समुह व्यवस्थापनमा महेन्द्र कुँवर, शान्ति सुरक्षामा राजु गुरुङ, मैदान व्यवस्थापनमा रणबहादुर कार्की, अतिथी स्वागत सत्कारमा गोकर्ण कुवँर, स्वंयम सेवकमा कर्ण बहादुर गुरुङ (किसान) र स्वास्थ्य उपसमितिमा अमर प्रसाद ढुङगानालाई संयोजक तोकिएको प्रचारप्रसार संयोजक पृथ्वीबहादुर कुवँरले जानकारी दिनुभयो ।

क्लब भवन विस्तार गरी सभाहल निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ आगामी वैशाख ४ देखि ७ गतेसम्म रामेश्वरी उच्च माविको प्राङ्गणमा प्रतियोगिता हुदै छ ।

 

कमेन्टहरु
Loading...