दाँत र मुख दिवस आज

स्वस्थ जीवनकालागि स्वस्थ दाँत भन्ने नाराका साथ आज विश्व मुख तथा दन्त स्वास्थ्य दिवस बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ । दाँतको सुरक्षामा ध्यान दिन जनेचेतना फैलाउने उद्देश्यले आज विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल डेन्टल एशोसिएसनले जनाएको छ ।

दिवसको अबसर पारेर आज विहान ¥याली पनि निकालिएको थियो । विश्वका ९० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको दाँत तथा मुखमा समस्या रहने एक अध्ययनले देखाएको छ । दाँत खराब भए पाँचन प्राणाली मुटु र प्रजनन स्वास्थ्यमा समेत असर गर्ने चिकित्सकहरुको भनाई छ । त्यस्तै गरेर कास्कीमा पनि नेपाल डेन्टल एशोसिएसन कास्कीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

कमेन्टहरु
Loading...