अग्रगामी विद्यार्थीले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाए

पोखरा, ६ चैत/संघीय समाजवादी पार्टीको भातृ संगठन अग्रगामी विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसले पुर्ण समानुपातिक निर्वाचन प्रणालीबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गराउन माग गरेको छ ।

अग्रगामी विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसका संयोजक विशाल रानामगर सहितको अगुवाईमा स्ववियु निर्वाचनका सम्बन्धमा क्याम्पस प्रमुख गहेन्द्रेश्वर कोइरालालाई ज्ञापनपत्र बुझाउदै स्ववियु शैक्षिक एवं विद्यार्थीको हक हितको पक्षमा क्रियाशील हुन नसकेको बताएका छन् ।

शैक्षिक तथा विद्यार्थीका हक हितको मोर्चा स्ववियुको, निर्वाचन समानुपातिक प्रणालीबाट नगराउने षडयन्त्र गरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ । ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख कोइरालाले स्ववियु निर्वाचनको मिति तोक्ने र निर्वाचन प्रणाली निर्धारण त्रिभुवन विश्वविद्यालयले गर्ने भएकाले विद्यार्थीको मागलाई केन्द्रमा पठाउने प्रतिवद्धता व्यक्त गरे । उनले क्याम्पसको हरेक छलफल र विकासमा अग्रगामी विद्यार्थी युनियनको सहयोगको अपेक्षा गरेको बताए ।

 

कमेन्टहरु
Loading...