विपद र महिला विषयक अन्तक्र्रिया

पोखरामा विपद र महिला विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक शम्भु उप्रेतीले विपद व्यवस्थापनमा  सशस्त्र प्रहरीको भुमिका विषयमा आधार पत्र प्रस्तुत गर्दै सशस्त्र प्रहरीको भूमिका बारे उल्लेख गर्नु भएको थियो । उहाँले मानव सृजीत विपद र प्राकृतिक विपदमा शसस्त्र प्रहरीले उद्धार गर्दै जोखिम कम गर्ने गरेको र खोज तथा अनुसन्धान गरी सही अभिलेख राख्ने जीम्मेवारी सशस्त्र प्रहरीले गर्ने स्पष्ट पार्नु भयो । एसपी उप्रेतीले विपदमा परेका जनताहरूलाई उद्धार गर्ने सिप तथा कला समेत हासील गरेका जनशक्ति शसस्त्र प्रहरीसँग भएकोले सशस्त्र प्रहरीको सेवा लिन जनताले विपदमा विर्सन नहुने बताउनु भएको छ । एक्सनएड ईन्टरनेशनल  एवम् प्राक्टीकल एक्सनको सहयोगमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा, कम्युनीटी सपोर्ट ग्रुप र सिद्धार्थ क्लब पोखराको  संयुक्त आयोजनामा १०३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा “विपद र महिला” विषयक एक दिवसिय अन्तक्र्रिया कार्यक्रम कम्युनीटी सपोर्ट ग्रुपका सचिव  शिवजी कुँवरको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै  जब÷जब विपद आउँछ त्यस्तो बेला महिला र बालबालिकाहरू प्रभावित हुने बताउनु भयो । उहाँले समाजमा महिला माथि हुने घरेलु तथा सामाजिक हिंसाहरू न्यूनीकरण गर्नका लागि हाम्रो भुमिका के हुन सक्छ र प्राकृतिक विपदमा कसरी महिलाहरूलाई बचाउन सकिन्छ भन्ने विषयमा हाम्रो भूमिका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

सो कार्यक्रममा इन्सेककी जिल्ला संयोजक शवनम शर्माले  महिला अधिकार र  वर्तमान अवस्था विषयक अवधारण पत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी, विपद उत्थानशील परियोजना संयोजक बास्ना सापकोटाले विपद र महिला विषयक अवधारण पत्र प्रस्तुत गरेकी थिइन् । मस्तिष्कमन्थन र समूह छलफल विधिहरू प्रयोग गरी प्रस्तुत गरिएका अवधारण पत्रहरूमा पुन सहजकर्ताहरू सहभागीहरूले सकृयताका साथ छलफल गरेका थिए ।

प्रस्तुत गरिएका अवधारण पत्रहरू माथि शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका विष्णुप्रसाद बराल, पार्वती माकाजु लगायतका सहभागिहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो भने सञ्चलन कम्युनीटी सपोर्ट ग्रुपकी फोकल पर्सन माया गुरुङले गरेकी थिइन् । “महिला हिंसा अन्त्य गरौँ, कुरा हैन काम गरौँ” भन्ने नारा सहित १०३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

कमेन्टहरु
Loading...