पोखराका फोटोग्राफरहरु फोटोग्राफी यात्रामा

पोखरा, २२ फागुन। पोखरा फोटोग्राफर संघ पोखरा नेपालको टोली मंगलबार फोटोग्राफी यात्रामा निस्किएको छ । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष दुर्गाप्रसाद पौडेलको नेतृत्वमा ४० सदस्यीय टोली उक्त यात्रामा निस्किएको हो । दुई दिनको यात्रामा निस्किएको उक्त टोली मंगलबार लेखनाथ कालिकास्थान हुदै ठुलाकोटमा गएर वास वस्नेछ ।त्यसैगरि बुधबार आरुपाटा, गहतेडाडा, शान्तिमैदान, ठुलाकोट, ओख्ले, सौर्य, मनकामना, माझठाना, सातदोवाटो, रामकोट, वेगनास ताल हुदै पोखरा फर्कने कार्यक्रम रहेको छ । संघले ति स्थानका दृश्यहरु क्यामरामा कैद गरि त्यहाको ठाउलाई चिनाउने उद्देश्यले यात्रमा निस्किन लागेको संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

यात्रामा निस्किदा त्यस ठाउमा खिचेका उत्कृष्ठ फोटोहरु प्रदर्शन गरिने उनले जानकारी दिए । टोली यात्रका क्रममा फोटोग्राफी सम्वन्धि अन्तरक्रिया समेत गर्ने छ ।
यसअघि संघकै नेतृत्वमा पहिलो चरण यात्रमा ठुलाखर्क अष्ट्रेलियन क्याम्प, पोथना धम्पुस, अस्ताम, मर्दि, हेमजा हुदै पोखरामा आएको थियो ।

 

कमेन्टहरु
Loading...