खिलराज प्रधानमन्त्री बनाए देशमा बिष्फोट हुन्छ –नेता बिप्लव

पोखरा, २० फागुन/नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द (बिप्लव)ले प्रधानन्यायाधिस खिलराज रेग्मी प्रधानमन्त्री भए देशमा विष्फोट हुने बताएका छन् । खिलराज प्रधानमन्त्री भए देशले निकास नभई भाड्भैलो भएर ठुलो बिष्फोट हुने उनले बताए । ‘खिलराज निकास होइनन्, भाडबैलो मात्र हुने हो’ क्रान्तिकारी पत्रकार महासंघ, कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलननमा भने–‘उनी प्रधानमन्त्री भए त्यसले के हुन्छ भन्नै सकिन्न देशमा ठुलो बिष्फोट हुने छ ।’ कस्तो र के बिष्फोट भन्ने बिषय भने खुलाएनन् । खिलराज रेग्मी प्रधानमन्त्री भए देशमा ठुलो खतरा हुने उनको भनाई थियो । सचिब चन्दले देशलाई असफल बनाउने षडयन्त्रका साथ प्रधानन्याधिसलाई प्रधानमन्त्रीको नाम आएको बताए । प्रधानन्यायसिधलाई प्रधानमन्त्री बनाउने कुरा नेपालका नेता तथा जनताको नभई शक्तिकेन्द्रको खेल भएको बताउदै उनले प्रशासकलाई देशको नेतृत्व दिनु भनेको अत्यन्तै गलत हुने बताए ।

एमाओवादी, कांग्रेस, एमाले र मधेसि मोर्चाले खिलराजलाई देशको जिम्मा लगाएर विचित्र गर्न खोजेको नेता बिप्लवले आरोप लगाए । उनले खिलराज पनि विचित्रको भएको बताए । उनले अरुको बारेमा राम्रो निर्णय गर्नेले न्यायधिसले आफ्नो बारेमा गलत निणर्य गरेको बताए ।

कमेन्टहरु
Loading...