रविशंकरले भने नेपाल प्राकृतीक सम्पदामा धनी

पोखरा, १७ फागुन/आध्यत्मिक गुरु रविशंकरले नेपालको राजनैतिक समस्याको समाधान नेपालीले नै गर्नु पर्ने बताएका छन् । पोखरामा आयोजीत महासत्संग कार्यक्रममा उनले नेपालमा राजनैतिक समस्यमा अरु कसैले मिलाइदेला नभनी नेपाली नै त्यसमा लाग्नु पने बताए । उनले नेपाल प्राकृतीक सम्पदाले धनी भएको बताए । नेपाल प्राकृतीक सम्पदाले भरिपुर्ण भएको बताउदै यसको सर्दुपयोग गुर्न पर्ने बताए । उनले नेपालमा धेरै स्वयम सेवकहरु बनाई तीनै स्वयम सेवकहरुलाई परिचालन गर्ने आफ्नो लक्ष्य रहेको बताए । नेपालका धेरै क्षेत्रमा सम्भावना रहेको बताउदै सबै क्षेत्रमा लागेकाहरुले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । उनले प्राकृतीको संरक्षण र त्यसको अधिक्तमा प्रयोग गर्नु अहिलेको आवश्यकता भएको बताउदै समृद्ध नेपालका लागि आर्थिक परिवर्तन चाहिएको बताए ।

नेपालमा विकासका लागि प्राकृतीक स्रोतले आर्थिक उन्नती गर्न सकिने बताए । दुई दिन अघि नेपाल आएका रविशंकर आजै पोखरा आएका थिए । नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आएका थिए । पोखराको बसुन्धरा पार्कमा निधारी समय भन्दा करिब ३ घण्टा पछि कार्यक्रम शुरु भएको थियो । उनको आजै विहान मुस्ताङ्ग जाने कार्यक्रम भए पनि पछि रर्द भएको थियो । पोखराको कार्यक्रम सकि उनि विराटनगर गएका छन् ।

कमेन्टहरु
Loading...