सहारा एकेडमीलाई हङकङ तथा युकेबाट सहयोग

सहारा एकेडेमी भवन निमार्णको लागि हङकङ तथा वेलायतबाट सहयोग आउने क्रम जारी रहेको छ । हङकङ तथा वेलायतबाट प्राप्त २ लाख २१ हजार ४ सय रुपैया शुक्रबार हस्तान्तरण गरेका थिए । सहारा क्लबका अध्यक्ष विक्रम थकालीलाई नेपालका पुवराष्ट्रिय खेलाडी समेत रहेका हङकङ निवासी विलबहादुर तामाङले हङकङबाट संकलीत १ लाख ३० हजार र वेलायतमा संकलीत ९१ हजार ४ सय रुपैया हस्तान्तरण गरे ।

एनआरएन वेलायतका अध्यक्ष कुल आचार्यले ५० हजार, वेलायत निवासी क्याप्टेन जिवन कुमार गुरुङबाट ४१ हजार ४ सय, हङकङ निवासि दिपक गुरुङ र विल तामाङको पहलबाट १ लाख ३० हजार सहयाग गरेका थिए । आचार्यले यस अघि ५० हजार, क्याप्टेन गुरुङले यस अघि ६० हजार तथा तामाङले यस अघि आफ्नो व्यतिmगत रुपमा १ लाख सहारा एकेडेमिको भवन निमार्णको लागि सहयोग गरेका थिए ।

रकम हस्तान्तरण गर्दै पुर्व राष्ट्रिय खेलाडी तामाङले सहारा सामाजिक कार्यमा निस्वार्थ भावले लागेकोले सहयोग गरेको बताए । उनले हङकङमा सहारा क्लब गठन गर्ने अन्तीम तयारी भएको समेत बताए । उनले विकृति तथा विसङगतीमा लागेका नेपालीहरुलाई विकृतिबाट हटाउने प्रयास स्वरुप क्लब स्थापना गर्न लागेको प्रष्ट पारे ।

क्लबका अध्यक्ष विक्रम थकालीले संचार माध्यमहरुले क्लबको गति विधिहरुलाई उच्च प्रथामीकता दिएका कारण सहयोग निरन्तर रुपमा सहयोग आएको बताए । पोखरा–१७ दोविल्लाम निमार्णधिन अबस्थामा रहेको सहारा एकेडेमिको भवन १ करोड २७ लाखमा निमाणर््ा भएको छ । अन्य भौतिक निमार्ण कार्य जारी रहेको क्लबका बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले बताए ।

कमेन्टहरु
Loading...