पोखरामा सडकमै फोटो प्रदर्शनी फोटो हेर्नेको भिड

पोखरा, १२ फागुन/‘सुन्दर नेपाल, शान्त नेपाल’ भन्ने मूल नारासहित पोखरामा शुरु भएको फोटोमेला पोखरा जारी छ । मेलाको आज दोस्रो दिन चिप्लेढुङ्गामा प्रर्दशनी भैरहेको छ । हिजो पोखराको लेकसाइडबाट शुरु भएको मेलामा दर्शकहरुको लाम लागेको छ । राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले आयोजना भएको फोटो मेलामा पोखरा, काठमाण्डौ, वीरगञ्ज, बाग्लुङ, अन्नपूर्ण पदयात्रा, सगरमाथा लगायतका क्षेत्रमा खिचिएका करिब १ सयभन्दा बढी फोटाहरु राखिएको अध्यक्ष कृष्णमणि बरालले जानकारी दिए ।

धेरै मानिसलाई मेलामा सहभागी गराउने उद्देश्यले सडकमै मेलाको आयोजन गरिएको उनले बताए । मेलामा राखीएका फोटाहरुलाई विदेशी पर्यटक तथा अन्तरिक पर्यटकले उत्साहाका साथ अवलोकन गरिरहेका छन् । चिप्लेढुङ्गाको सडक पेटीमा राखिएका फोटाहरुले दर्शकले रोचकताका साथ हेरेका छन् ।

मेलामा पोखरा र आसपासका बिभिन्न जाता जातिका भेषभूषा, रहनसहन ,लोपोन्मुख जात जातिका संस्कृती, ताल, हिमाल र गुफासमेटर खिचिएका यस क्षेत्रका करिव ४० वटा गरी सयभन्दा बढी फोटाहरु राखिएका छन् । यस अघि काठमाण्डौं, विरगजमा फोटो मेला सम्पन्न भईसकेको छ भने आगामी दिन बाग्लुङ्गमा फोटो प्रर्दशनी गरिने छ ।

 

कमेन्टहरु
Loading...