बालबालीकाको उपचारको लागी निःशुल्क शिविर हुने

पोखरा, ११ फागुन/पोखराको सिमलचौरमा रहेको बाल उपचार केन्द्रमा एक दिने निःशुल्क शिविर सन्चालन हुने भएको छ । बालबालीकालाई उपचार सेवा प्रदान गर्दै आएको उपचार केन्द्रमा शनिवार एक दिने शिविर सन्चालन गर्न लागेको केन्द्रकी निदेशक सुष्मा सिग्देलले जानकारी दिइन् । विहानबाट शुरु हुने शिविर दिन भर सन्चालन हुनेछ । पछिल्लो समयमा मौषम परिवर्तनका कारण धेरै बालबालिकाहरु विरामी भएको भन्दै सबैलाई सेवा दिने उद्देश्यले शिविर सन्चालन गरेको बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल जानकारी दिए ।

सिग्देलले जाडो मौषम गए गर्मि मौषम शुरु हुन लाग्दा धेरै बालबालिका विरामी हुने गरेको बताउदै उनले शिविर सन्चालन गरेको बताए । मौषम परिर्वनका कारण बालबालिकाहरुमा पगला लाग्ने, जरो आउने, टाइफाइड, पिसाबको खराबी लगाएतका रोग देखिने गरेको डाक्टर सिग्देलले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमामा समेत कार्यरत डाक्टर सिग्देलले बालबालीकालाई डाक्टर सगँ परिक्षण गराएर मात्रै औषधी प्रयोग गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...