फागुन तेस्रो साता पोखरामा प्याराग्लाइडिङ च्याम्पियनसिप

सागर राज तिमिल्सिना
पोखरा, ४ फागुन/नेपाल हवाई खेलकुद संस्थाको आयोजनमा १४ औं सस्करणमा अन्तराष्ट्रियस्तरको च्याम्पियनसिप गर्ने भएको छ । अन्तराष्ट्रियस्तरको च्याम्पियनसिपले पोखराको साहसिक खेल पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने विश्वास समेत पोखराका पर्यटन व्यवसायीले गरेका छन् । फागुन १६ गतेदेखि २१ सम्म हुने च्याम्पियनसिप सराङकोटबाट उडेर खपौदीमा अवतरण गरिने छ । छ दिने च्याम्पियनसिपमा विभिन्न सात इभेण्टमा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा नेपाल हवाईखेलकुद संस्थाका अध्यक्ष राजेश बमजनले जानकारी दिए । सिरियल क्लास, ओभर अल महिला, स्पोर्टस क्लास, नेपाली बीचको प्रतिस्पर्धा, बेष्ट एक्रोव्याट्स, स्पट ल्याण्डिङ, बेष्ट राफ्ट ल्याण्डिङ र बेष्ट टेण्डममा विभाजन गरिएको छ ।’ संस्थाका महासचिव बसन्त दवाडीले भने–‘तीन विधालाई नगद र चार विधालाई आकर्षक उपहार प्रदान गरिने छ ।’ उनका अनुसार सिरियल क्लास विजेतालाई नगद ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ प्रदान गरिने छ ।
च्याम्पियनसिपमा सहभागिताको लागि विभिन्न देशका पाईलटहरुले अनलाईनबाट रजिष्टे«शन गरिसकेका छन् । उपाध्यक्ष योगेश भट्टराईका अनुसार एकसयभन्दा बढी पाईलटले रजिष्ट्रेशन गरिसकेका छन् । एकसय नेपाली पाईलटले च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । ‘जिपिस प्mलाईङ इन्स्ट्रयुमेन्टको आधारमा रिजल्ट हेरेर विजेता घोषणा गरिने छ ।’ उनले भने–‘विगतको वर्षमा आयोजना गरिएको च्याम्पियनसिपमा त्यस्तो थिएन् फेडेरेशनमा दर्ता समेत गरिएको थिएन् ।’

च्याम्पियनसिपको लागि १६ लाख ६० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महासचिव दवाडीको संयोजत्वका तीन उपसमिति गठन गरिएको छ । च्याम्पियनसिपमा सहभागिताको लागि विदेशी पाईलटको हकमा दशहजार र नेपाली पाईलटको हकमा पाँच हजार रुपियाँ शुल्क तिनुपर्ने प्रावधान नेपाल हवाई खेलकुद संस्थाले तोकेको छ ।

कमेन्टहरु
Loading...