पोखराको रानीवनलाई विश्व शान्ति जैविक विविधता उद्यानका रुपमा शुभारम्भ

पोखरा,  ४ फागुन/पोखराको फेवातालपारी रहेको रानीवनलाई विश्व शान्ति जैविक विविधता उद्यानका रुपमा आजदेखि शुभारम्भ गरिएको छ । अन्तराष्ट्रिय जैविक विविधता वर्ष २०१२ को उपलक्ष्यमा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले शुभारम्भ गरेका हुन् । नेपाल सरकार बन तथा भू–संरक्षण मन्त्रालय र वनस्पति विभागको आयोजना र हरियो वन कार्यक्रमको सहयोगमा जैविक विविधता उद्यानको  काम सुरु भएको हो ।
मिनि चिडियाखानामा मृग, बाँदर, चराचुरुगी लगाएतका जनावरहरु छोडिने योजना छ । पर्यापर्यटनको रुपमा यस ठाउँलाई जोड्ने सके पर्यटनको बसाई लम्बिने र मनोरञ्जनको पार्क बनाउ सकिने योजना रहेको  सचिव पौडेलले बताए । उनले यो पार्क कसैका लागि मागी खाने भाँडो नभई सरकारले नै लगानी गर्ने गरेर निर्माण गर्ने हुँदा स्थानीयबासीलाई आस्वस्त रहन आग्रह गरे ।

उनले पार्क निर्माणका लागि कार्ययोजना बनाउन स्थानीयबासीको सहयोग र सरोकारवालासँग छलफल गरी कार्ययोजना बनाउन सम्बन्धीत निकायलाई आग्रह समेत गरे । नेपालमा जैविक विविधताको संरक्षण र अध्ययनको लागि उपयुक्त स्थल हुने बताउदै उनले चरणबद्ध रुपमा यसले पूर्णता पाउने बताए । उनले पोखरा आएका पर्यटकको बसाइँ लम्बिनेछ भने अध्ययन र अनुसन्धानको लागि विदेशबाट विज्ञहरु पनि यो ठाउँमा आउने बताए ।

हरियो वन कार्यक्रमका प्रतिनिधि जुडी ओग्ले थोप्र्पले व्यवस्थापन र योजनाको तयारीको लागि हमाीले ८ लाख रुपैया दिएका छौं, आगामी दिनमा यो सहयोगलाई बढाउदै जाने बताए । कार्यक्रममा क्षेत्रीय प्रशासक सुमन शर्मा, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, वन विभाग अध्ययन संस्थानका डिन चिरञ्जीवी उपाध्याय, वनस्पति विभागका महानिर्देशक अन्नपूर्ण दास, क्षेत्रीय वन निर्देशक डा. राजन कुमार पोख्रेल लगायतले यस क्षेत्रलाई जैविक विविधता पार्कमा विकास गर्दा पोख्रेलीले मात्र नभई विदेशीले  पर्यटकको अध्ययन, अनुसन्धान र मनोरञ्जनरुपमा फाइदा लिने बताए ।

कमेन्टहरु
Loading...