एवाईसी लमजुङ क्वाटरफाईनलमा, डिफेण्डीङ च्याम्पीयन एबीसी बाहिर

पोखरा, २ फागुन/लमजुङको एवाईसी पोखरामा जारी तेश्रो संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा प्रबेस गरेको छ । भद्रकालि मन्दीर परिसरमा रहेको माछापोखरी खेल मैदानमा बुधबार भएको खेलमा एवाईसीले एलजी एसोसीयसन बीलाई १–० ले यात्रा समाप्त पार्यो । प्लेयर अफ दी म्याच घोषित भिम तुलाचनले एवाईसीको जितमा निर्णायक गोल गरे ।

डिफेण्डीङ च्याम्पीयन अम्मरसिंह व्वाईज क्लब (एवीसी) इन्द्रे्रणी क्लबसंग २–१ को गोल अन्तरले पराजीत भएको छ । इन्द्रे्रणीको जितमा प्लेयर अफ दी म्याच घोषित कृष्ण गुरुङ र कमल गुरुङले एक एक गोल गर्दा एवीसीका कन्या गुरुङले एक गोल गरे । आयोजक संगम क्लब सीले रत्नचोक बीलाई २–१ को अन्तरले पराजीत गरेको छ । संगमको जितमा प्लेयर अफ दी म्याच घोषित विक्रम र सन्तोसले एक एक गोल गर्दा रन्तसेवाका राजन अधिकारीले एक गोल गरे ।

गौडाकोमुख क्लवले गार्डन एफ्सी बीलाई ५–१ को गोल अन्तरले पराजीत गर्यो । गौडाकोमुखकोे जितमा प्लेयर अफ दी म्याच घोषित असिर गुरुङले ४ र पदम गुरुङले एक गोल गरे । गार्डेनको तर्फबाट सुविन गुरुङले एक गोल गरे । एलजी एसोसीयसन एले लाली गुरास युथ क्लवलाई २–१ ले पराजित गर्यो । एलजीको जितमा एवाईसील प्लेयर अफ दी म्याच घोषित सुवास थापाले एक र दिपक पौडेलले एक एक गोल गरे ।

सन्तोस गुरुङको निर्णयक गोलको मद्धतले एआईजीले फुलवारी ११ लाई पन्छायो । फुलवारीका सन्तोस गुरुङ प्लेयर अफ दी म्याच घोषित भए । प्लेयर अफ दी म्याच घोषित शंकर दुरा र अमित गुरुङको एक एक गोलको मद्धतले सिंगापुर फुटवल क्लबले पश्चिमपृतना अड्डाको यात्रा समाप्त पार्यो । पश्चिमपृतनाका जनमत कार्कीले एक गोल गरे । उक्त प्रतियोगिता अन्र्तगत विहिबार प्रि–क्वाटरफाईनलका खेलहरु हुने भएको क्लबका सदस्य धिरज तामाङले बताए ।

कमेन्टहरु
Loading...