७० सालमा सय दिन सरकारी विदा !

२ फागुन, काठमाडौं । वि.सं २०७० सालको पात्रो छिटै बजारमा आउने भएको छ । आउँदो १४ गते बजारमा पात्रो ल्याउने गरी नेपाल पञ्चांग निर्णायक समितिका ज्योतिषहरु लागेका छन् ।

‘गृहमन्त्रालयबाट सार्वजनिक विदाको सूची स्वीकृत भएर आइसकेको छ, हामी तयारीको काममा व्यस्त छौं’ समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-’१४ गते बजारमा पात्रो आउने गरी गृहकार्य गरिरहेका छौं ।’ ढुंगेलका अनुसार नयाँ पात्रोमा सार्वजनिक विदाको संख्या घटबढ भएको छैन । ‘२०६९ सालमा जत्तिकै पर्व र विदा छन्’ ढुंगेलले भन्नुभयो-’पोहोर सरकारले पहिले लोकतन्त्र दिवसमा पहिले सार्वजनिक विदा घोषणा नगरेर पछि मात्रै निर्णय गरेको थियो, अहिले भने यो विदा समेत अहिल्यै नै घोषणा भैसकेको छ ।’ गृहमन्त्रालयका अनुसार ०७० सालमा झण्डै सय दिनजति सरकारी बिदाहरु परेका छन् ।

वर्ष दिनको पात्रो निकाल्न वर्ष दिन नै समय

एक वर्षको पात्रो निकाल्न एक वर्षकै समय लाग्ने पञ्चांग निणर्ायक समितिले जनाएको छ । ‘१४ गते ०७० सालाको पात्रो निकालेपछि १५ गतेदेखि नै हामी ०७१ सालको पात्रोको तयारी गर्छौं’ ढुंगेलले भन्नुभयो-’हरेक वर्ष यसैगरी काम हुने गरेको छ ।’

पात्रो निकाल्नुअघि गह्र, नक्षत्र, तिथि, घडीको हिसाब गर्नुपर्ने, चाडपर्वको बारेमा बिभिन्न धर्मका गुरु र विद्वानहरु तथा ज्योतिषहरुसँगको छलफल गर्ने गरिन्छ । सबैको राय, सल्लाहपछि आवश्यक निर्णय गरेर सार्वजनिक विदाको सूची तयार पारिन्छ । त्यो सूची अनुमोदनको लागि सरकारलाई पठाईन्छ । सरकारले निर्णय गरेर पठाएपछि मात्र पात्रो बनाउने काम शुरु हुन्छ । अहिले गृहमन्त्रालयले सार्वजनिक विदाको सूची अनुमोदन गरेर पठाइसकेपछि समितिले पात्रो निर्माणको कामलाई तिव्रता दिएको हो । cp. onlinekhabr.com

कमेन्टहरु
Loading...