विरोधमा उत्रिएका विद्यार्थीले स्कृटर जलाए

सागर राज तिमिल्सिना
पोखरा, २ फागुन/सरकारले खाना पकाउने एलपी ग्यासको मुल्यवृद्धि गरेको विरोधमा उत्रिएका विद्यार्थीहरुले पोखरामा एक स्कृटर जलाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी महिला विकास कार्यालय कास्कीको स्कृटरलाई विद्यार्थीहरुले तोडफोड पछि आगजनी गरेका हुन् ।

कार्यलयको ग १ ब २२७ नम्बरको स्कृटरलाई विद्यार्थीहरुले आगो लगाएका थिए । आगोलागीबाट स्कृटर जलेर ध्यस्त भएको छ । आन्दोलनमा उत्रिएका नेविसंघ, अनेरास्ववियु लगाएतका विद्यार्थीहरुले विहान देखि नै क्याम्पस गेट अगाडी विरोधका कार्यक्रमहरु गरेका थिए ।

प्रहरीले आगजनीमा संलग्न रहेको आशंकामा २ जनालाई समातेको छ । विद्यार्थीहरुले क्याम्पस गेट अगाडी सरकारी सवारी साधनलाई हिड्न रोक लगाएका थिए । त्यसै क्रममा अन्य १० वटा सवारी साधनलाई पनि विद्यार्थीले नियन्त्रणमा लिई ग्यासको मुल्यवृद्धि फिर्ता भए पछि छाडेका थिए ।

कमेन्टहरु
Loading...