ड्राईभिङ स्कूल संघ नेपालको अध्यक्षमा गुरुङ निर्वाचित

पोखरा, १ फागुन/ड्राईभिङ स्कूल संघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट पोखराका व्यवसायी मोहन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । बुटबलमा सोमबार सम्पन्न महाधिवेशनमा गुरुङले बाग्मती अञ्चलबाट अध्यक्षमा प्रत्यासी बनेका नारायण राईलाई पराजित गरेका हुन । अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि गुरुङको अध्यक्षयतामा दुई सदस्य पछि थप गर्ने गरी २९ सदस्सियिय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको प्रथम उपाध्यक्षमा सुरज नेपाल(बाग्मती) र उपाध्यक्ष द्धयमा मुनवर अलि हुनुवाई(भेरी) र रामचन्द्र श्रेष्ठ(बाग्मती) रहेका छन् । यसैगरी खगेन्द्र बुढाथोकी(बाग्मती) महासचिव, यज्ञ चौलागाई(बाग्मती) सचिव र दिलिपकुमार शाह(जनकपुर) कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा प्रेमकाजी गुरुङ, ईन्द्रेशकुमार झा, बाबुकाजी महर्जन, सञ्चयकुमार बानियाँ, रामचन्द्र भुसाल, नामकार पनेरु, गुरुप्रसाद गौतम, मुस्तकिन मियाँ, बाबुराम प्रधान, राजकुमार गुरुङ, रामकुमार विष्ट, विमल अधिकारी, रोशन कुमार रौनियार र विष्णुप्रसाद विक रहेका छन् । नेपाल भर यातायात प्रशिक्षण गर्ने व्यवसायीहरुको छाता संगठन संघको महाधिवेशन माघ २७ बाट शुरु भएको थियो ।

कमेन्टहरु
Loading...