संयुक्त युवा विद्यार्थी संगठनहरु द्धारा जिल्ला प्रशासन कार्यलय कास्कीमा धर्ना

प्रधानमन्त्री डाक्टर बावुराम भट्टराई सरकार विरुद्ध संयुक्त युवा विद्यार्थी संगठनहरुले देशभर विहान धर्ना दिएका छन् । विहान १० बजे देखी १२ बजे सम्म जिल्ला प्रशासन कार्यलयमा कास्कीमा पनि धर्ना दिएका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य सरोज केसीले कालो झण्डा मात्र होइन डा. बावुराम भट्टराईलाई पोखरामा प्रवेश निषेधको घोषणा समेत गरे ।

उनले असंवैधानिक सरकारका प्रधानमन्त्रीको राजिनामा जबसम्म आउँदैन तबसम्म यो आन्दोलन जारी रहने बताए । कार्यक्रममा युवा संघ सचिवालय सदस्य जिवन आचार्यले डा. बावुराम भट्टराईलाई बुथ क्याप्चर गरेर ल्याएको मतको घमण्ड नगर्न आग्रह गरे । यो सरकार पुर्णतया असक्षम रहेको र सरकार टिकाउन कथित मोर्चा निर्माण गर्न लागेका उनको आरोप थियो । माओवादीको तानाशाही प्रवृतीको विरुद्धमा यो आन्दोलन जारी रहने बताए ।

त्यसैगरी तरुण दलका जिल्ला अध्यक्ष ऋषी काफ्लेले यो असक्षम भट्टराई सरकारले तुरुन्त राजीनामा दिनुपर्ने बताउनदै नभए बालुवाटारबाट घिसारेर फाल्नु पर्ने बताए । उनले असक्षम ठहरी सकेका प्रधानमन्त्रीलाई पदमा बसि रहनुको औचित्य नरहेको बताए । अनेरास्ववीयु केन्द्रीय सदस्य हिरालाल वि.क ले यो आन्दोलन प्रचण्ड र बावुरामको विरुद्धमा नभई धमिलो पानीमा माछा मार्न खोज्नेको लागी भएको बताए ।

धर्ना कार्यक्रममा अनेरास्ववीयु छैटौं कास्कीका जिल्ला अध्यक्ष गणेश अधिकारीले भारतीय विस्तारवादको आडमा सरकार टिकाएको आरोप लगाए । कार्यक्रममा अनेरास्ववीयु छैटौंका जिल्ला सदस्य दयाराम लम्सालले सरकारको औचीत्य समाप्त भएको जिकिर गरे । कार्यक्रमको नेवि संघका विद्यार्थी नेता भानु ढकालले संचालन तथा अनेरास्ववीयु जिल्ला अध्यक्ष अर्जुन अधिकारीले कार्यक्रमको समापन गरेका थिए ।

कमेन्टहरु
Loading...