राष्ट्रिय बाल प्रतिभा पुरस्कार सोलुखुम्बुका निमा छ्याम्जो शेर्पा

पोखरा १, फागुन/बरिष्ठ साहित्यकार सरुभक्तद्धारा स्थापित तथा कुमुदिनी होम्स उच्च मावी द्धारा सञ्चालीत राष्ट्रिय बाल प्रतिभा पुरस्कार २०६९ सोलुखुम्बुका निमा छ्याम्जो शेर्पालाई प्रदान गरिने भएको छ । १६ बर्षभन्दा कम उमेरमा बिश्वको सर्बोच्व शिखर सगरमाथा आरोहन गर्ने महिलाको रेर्कड राख्न सफल भएको भन्दै निमा छ्याम्जो शेपालाई सम्मान गर्ने निर्णय भएको विद्यालयले जनाएको छ ।

साहित्य, कला, संगीत, बिज्ञान, खेलकुद, शिक्षा, लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिन सफल १६ बर्ष मुनीका बालबालीकाहरुलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले २०५६ सालमा स्थापना गरिएको प्रतिभा पुरस्कारबाट यस अगी पनि बिभिन्न ब्यक्तित्वहरु सम्मानीत भईसकेका छन् । श्रीपञ्चमीको अवसरपारी फागुन ४ गते नगद १५ हजार रुपैया र सम्मान पत्रले सम्मान गरिने सदस्य सचिव अशोक पालिखे द्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...