महोत्सवको अवसरमा मानसिक रोगीहरुको स्वास्थ्य परिक्षण

माघ २९ गते, लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघ, सामुदायीक लायन्स अस्पताल र मेरीनोल नेपाल काठमाण्डौंको संयुक्त आयोजनामा मानसिक रोगीहरुका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महोत्सव स्वास्थ्य कार्यक्रम अन्र्तगत सोमवार आयोजित स्वास्थ्य शिविरमा १२ महिला र १९ पुरुष गरी ३१ जना विरामीको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ ।

शिविरको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले संघले शिक्षा, कृषि पर्यटनका अलवा स्वास्थ्य क्षेत्रलाई समेत प्रवद्र्धन गरिएको वताए । उनले महोत्सवको अवसर पारेर मानसिक रोगीहरुका लागि शिविर राखिएको उल्लेख गरे ।
शिविरमा गोविन्द दाहाल, व्रिजेश पौडेल, सुजना अकिारी र निरज खतिवडाको टिमले स्वास्थ्य परिक्षण र परामर्श दिएको मेरीनोल नेपाल काठमाण्डौंका कार्यक्रम अधिकृत केदार सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...