वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट पोखरामा जारी, मंगलबार विराटनगर र विरगन्ज सेमिमा भिड्ने

पोखर २९, माघ/ पोखरामा जारी १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबारदेखि सेमिफाईनलका खेलहरु हुदै छन । समुह एको विजेता क्षेत्र नम्वर १ विराटनगर बिरुद्ध समुह बीको उपविजेता क्षेत्र नम्बर २ विरगन्ज विच मंगलबार पहिलो सेमिफाईनल खेल हुने भएको छ ।सोमबार भएको लिग चरणको अन्तिम खेलमा क्षेत्र नम्वर १ विराटनगरले क्षेत्र नम्वर ६ बैतडी माथि ६० रनले जित दर्ता गरी ५ अङकका साथ  समुह एबाट विजेता भएको हो । टस जितेर पहिला व्याटिङमा उत्रिएको विराटनगरले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षेतिमा २ सय ३० रनको योगफल तयार पार्यो । २ सय ३१ रनको लक्ष्य पाएको नेपालगञ्जले ४४ दशमलव १ ओभरमा सवै विकेट गुमाउदा १ सय ७३ रनमै समेटिन पुग्यो ।

विराटनगरको जितमा ५२ रनको योगदान दिएका महेन्द्र चौधरीले अर्ध सतक पुरा गरे । उनी खेलमा प्लेयर अफ दी म्याच समेत घोषित भए । उनलाई फुलवारी रिसोर्टका लव्वी म्यानेजरले ट्रफी प्रदान गरे । विराटनगरका सुमन श्रेष्ठले ३९ रन जोड्दा अमित धमालले ४ विकेट लिएका हुन । नेपालगन्जका दिलिप नाथले ४३ रन जोडे भने योगेन्द्र कार्कीले ३ विकेट लिएका थिए ।

समुह एबाट क्षेत्र नम्बर ६ बैतडी पनि प्रतियोगिताबाट बाहिरिएको छ । समुह  एको उपविजेता क्षेत्र नम्वर ५ नेपालगञ्ज बिरुद्ध समुह बीबाट विजेता भएको क्षेत्र नम्बर ४ भैरहवा विच फागुन २ गते खेल हुने भएको प्रशिक्षक जगत टमटाले बताए ।

कमेन्टहरु
Loading...