रास्वपाको केन्द्रिय विभाग अन्तर्गत अभियान तथा प्रचार प्रसार बिभागको सदस्यमा कास्कीका अशोक खड्का मनोनीत भएका छन ।
रास्वपाको २०८२।०४।२० गते विभाग प्रमुखबाट प्राप्त सिफारिस बमोजिम खड्कालाई मनोनीत गरोएको हो । खड्का रास्वपा कास्की क्षेत्र नं २ क्षेत्रीय कमिटी सदस्य हुन । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले खड्कालाई मनोनित पत्र हस्तान्तरण गर्दै पार्टीको नीति भित्र रहेर काम गर्न आग्रह गरे । अभियान तथा प्रचार प्रसार बिभाग प्रमुख मनिष झा हुन ।