सूर्यचन्द्र विकास समाजको शुभकामना आदानप्रदान सम्पन्न

नयां वर्ष २०८२ को पावन अवसर पारेर सुर्यचन्द्र बिकास समाज पोखराले शुभकामना आदानप्रदान तथा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले सामाजीक सस्थाहरुले समाजमा सचेतना फैलाउदै बिकास निर्माणमा अघि बड्न सबैलाई आह्वान गर्ने ।पछिल्लो समय युवाहरु बिदेशीने क्रम बढ्दै गएको भन्दै स्वदेशमा नै केही गर्नको लागि यस्ता सामाजिक सस्थाहरुले अग्रणी भुमिका खेल्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले सामाजिक सस्थाहरुले युवाहरुलाइ एकजुट बनाइ बिकृती विरुद्ध लड्नु पर्नेमा जोड दिए । पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिष्ठानका डाईरेक्टर प्रा. डा. भरत खत्रीले युवा शक्ति मिलेर समाजलाई बदल्नु पर्नेमा जोड दिए । । सूर्यचन्द विकास समाजका अध्यक्ष कमला गौतम को अध्यक्षता सम्पन्न भएको कार्यक्रमको संचालन समाजका महासचिब हेमराज भण्डारीले संचालन गरेका थिए ।उक्त कार्यक्रममा पुर्ब मुख्य मन्त्री खगराज अधिकारीले संस्थाले संचालन गरेको पुुस्ततकालय लाई पुस्तक सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...