पोखराको व्यवसायी ग्रुप चिल्ली ग्रुप अफ पोखराले टेम्पल बेल बुटिक होटल संचालनमा ल्यायको छ । पोखराका पर्यटन व्यवसायी दाजुभाई विश्वराज पौडेल र भिष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका हुन् ।
पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा संचालित टेम्पल बेल बुटिक होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहेका छन् । स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए ।
उनले बुटिक होटल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे । आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्ड सहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा रहेका छ । साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल सम्पन्न गर्न करिब डेढ अर्व रुपैयाँ लगानी भएको अर्का सञ्चालक भिष्मराज पौडेलले बताए ।
चिल्ली अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालन भइरहेको छ । गु्रपले अहिले १ सय ४० जनालाई रोजगारी दिएको छ । ग्रुप अन्तगर जग्गा सहित करिब डेढ अर्व लागनी रहेको छ । एजेन्सी