राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा १० मा थापा चयन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले विहिवार देखि सुरु गरेको वडा अधिवेशन अन्तरगत पोखरा महानगरपालिका वडा नं १० को प्रथम वडाअधिवेशनले चन्द्र बहादुर थापालाई सभापतिमा चयन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भर्चोलको माध्यमबाट सातै प्रदेशमा वडा अधिवेशनको सुभारम्भ गरे पश्चात गण्डकी प्रदेश अन्तरगतको पोखरा महानगरपालिका वडा नं १० को वडा अधिवेशले थापालाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको हो ।

नवगठित समितिको सचिवमा सुर्यमणि धिताललाई चयन गरेको छ भने सदस्यहरुमा निलम कुमार गौतम,अस्मिता थापा,मिन बहादुर गुरुङ,कविता घर्ती क्षेत्री,सिता कुमारी चापागाई,चन्द्र बहादुर नेपाली,वविता मिजार र रुपकला गुरुङलाई चयन गरेको हो ।

यसअघि कार्यक्रममा वोल्दै राष्ट्रिय स्वतन्त्र पाटीका प्रमुख सचेतक सन्तोष परियारले देश बनाउने अभियानमा सवै वर्ग र समुदायलाई समेटेर संगठन निर्माण गर्ने जुन उदेस्य छ त्यो उदेस्य प्राप्तीका लागि सामाजिक न्याय सहितको समाज निर्माणका लागि संगठित भएर पाटीले अगाडी सारेका योजनालाई तल्लो तहसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

यसैगरि केन्द्रिय सदस्य तथा सभासद शिव नेपालीले अनुशासनमा रहेर देश बनाउने सपनालाई साकार पार्नु नै पाटीको मुख्य निती रहेको विचार राखेका थिए भने गण्डकी प्रदेशका सभापति राजन गौतमले सवै विचारलाई समेटेर पाटीले बहुलवादको शिध्यान्तलाई आत्मसाथ गरेकोले सोही अनुसार अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं १० तदर्थ समितिका सभापति चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुर्यमणि धितालले गरेको थिए ।

कमेन्टहरु
Loading...