साना किसान कृषि सहकारीद्वारा बित्तिय साक्षरता तालिम

पाेखरा । साना किसान कृषि सहकारी सस्था लिमिटेड पोखरा – २१, शिवालयले शनिबार संस्थाको क्षेत्र नम्बर ३ अन्तर्गतका समुह मार्फत सहकारीमा शेयर सदस्य बनेका ३० समुहका ६० जना सदस्यलाइ बित्तिय साक्षरता तालिम प्रदान गरेको छ ।

सहकारीका आफ्नै सभाहलमा सम्पन्न उक्त कार्यक्रम सस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेलको  अध्यक्षता र पोखरा महानगरपालिका वडा नं. २१ का वडा सदस्य ( कार्यबाहक अध्यक्ष ) बिमला के.सी को प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त बित्तिय साक्षरता तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखाका शाखा प्रमुख छबिलाल पौडेलले सहभागीहरूलाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सन्चालक सदस्य तथा बित्तिय साक्षरता तालिम कार्यक्रममा सयोजक रमेश भण्डारीले राखेका थिए । उक्त कार्यक्रमको उदेस्य माथि प्रकाश पार्दै सस्थाका प्रवन्धक धर्मराज अधिकारीले सस्थाका ५ वटै क्षेत्रका शेयर सदस्यहरुलाई सहकारी को ज्ञान तथा बितिय कारोबार सम्बन्ध मा चनाखो हुन सिकाउने यो कार्यक्रम यस अगाडी पोखरा २१ को कृस्ती र फेदिपाटनमा सम्पन्न भइसकेको जानकारी दिदै यो कार्यक्रमलाइ सस्थाले आगामी दिनमा समेत निरन्तरता दिदै लैजाने र हरेक क्षेत्रका शेयर सदस्यलाइ क्रमैसग बित्तिय साक्षरता तालिम प्रदान गर्दै जाने संस्थाको उद्देश्य रहेको जानकारी दिए ।

सस्थाका सचिव पिताम्बर अधिकारीले सञ्चालन गरेका उक्त कार्यक्रममा सस्थाका लेखा समिती सदस्य देबी भारतीले लेखा ब्यवस्थापन सम्बन्धि जानकारी दिएकी थिइन् ।

 

कमेन्टहरु
Loading...