हेवन्ली गार्डेन मण्टेश्वरीको भवन निर्माण शुभारम्भ, पोखराकै नमूना मण्टेश्वरी बनाउने दावी

पोखरा । हेवन्ली गार्डेन मन्टेशवरीको भवन निर्माण शुभारम्भ गरिएको छ । पोखरा महानगरपालिका वडा नं १७ पाल्पाली मार्ग अवस्थित हेवन्ली गार्डेन मन्टेशवरीले पोखराकै नमुना मन्टेशवरीको रुपमा नयाँ भवन निर्माण गर्ने जनाएको छ ।

मन्टेशवरीको नयाँ भवन साढे ५ रोपनी क्षेत्रफ़लमा वडा १७ बालोदय मार्गमा निर्माण शुभारम्भ भएको हो ।

भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको मन्टेशवरीका सञ्चालक सफल सुबेदीले बताए ।

विद्यार्थीलाई पढाइका साथै व्यवहारिक सिकाइलाई ध्यान दिइने सञ्चालक रिता देवी सुबेदीले बताइन् ।

बालमैत्री वातावरण र प्रयाप्त खेल मैदान सहित डिजाइनको काम अगाडी बढिरहेको टु एरवोज आर्किटेक्टका सञ्चालक प्रधुन्न अधिकारीले जनाएका छन् ।

आफ्नो बबुनानिहरु मन्टेशवरीमा के गर्दै छन् भन्ने कुरा अभिभावकले प्रस्ट रुपमा प्रत्यक्ष हेर्न मिल्ने सुबिधा समते रहेको जानकारी र छिटै थ्रीडी (3D) डिजाइन पनि सार्वजनिक गर्ने सञ्चालक भवदत्ता सुबेदीले बताएका छन् ।

कमेन्टहरु
Loading...