लेखनाथ महोत्सव पुष ५ गते देखि

पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ६० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये मंगलबार सम्म दुई सय ११ वटा स्टल बुकिङ भएका हुन ।

पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ६ गतेबाट ११ गते सम्म स्टल बुकिङ खुल्ला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको संघका लेखा अधिकृत प्रसिद्ध पौडेलले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ भने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी राष्ट्रिय उत्पादन प्रर्दशनी अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक रामजी पौडेलले जानकारी दिए ।

महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन् ।

कमेन्टहरु
Loading...