डिमुवा सहकारीको नवौं साधारण सभा सम्पन्न

पोखरा । डिमुवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका डिमुवा स्थित नवजागृत बहुमुखी क्याम्पसको सभा हलमा संस्थाको नवौं साधारण सभा सम्पन्न भएको हो ।

मोदी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले गरेका थिए ।

संस्थामा उत्कृष्ट कारोबार गर्ने ६ जनालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा ठक्कर प्रसाद शर्मा, नुवादत्त लम्साल, बाबुराम शर्मा, रामचन्द्र सुवेदी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कोषाध्यक्ष सुकमान श्रेष्ठले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सभामा सर्वसम्मतिले पारित समेत गरेको छ ।

कार्यक्रमको सञ्चालन समितिका सचिव भोलाराज सुवेदीले गरेका थिए।

कमेन्टहरु
Loading...