पवित्र सहकारीद्वारा विद्यार्थी सम्मानित

पोखरा । पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो ।

विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए ।

संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे ।
रानाभाट/भाट समाज नेपालका कास्की जिल्ला अध्यक्ष सूर्यबहादुर रानाभाटले योग्यवान र क्षमतावान प्रतिभाका लागि अवसरले खोज्दै आउने भएकाले सबैले आफूलाई अब्बल तुल्याउन आवश्यक रहेको बताए ।

सम्मानित विद्यार्थीकातर्फबाट विद्यावारिधि पूरा गरेका छात्र दिपेश रानाभाटले पवित्र सहकारी सञ्चालनको प्रारम्भिक छलफलदेखि संलग्न रहँदै आएकोमा समयको कालक्रममा यसरी सोही संस्थाबाट सम्मानित हुन पाउँदा गौरवबोध भएको धारणा राखे ।
१०+२ उत्कृष्ट छात्रामध्येबाट मन्तव्य राख्दै विशेषता रानाभाटले संस्थाको सम्मानले आफूलाई प्रोत्साहन मिलेको भन्दै आभार व्यक्त गरिन् ।

कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं. ४ लाहाचोककी जनप्रतिनिधि गंगा रानाभाट, काहुँखोला इकाइ अध्यक्ष सुवेदार भीमबहादुर रानाभाट, सञ्चालक समिति सदस्य पूर्व प्रहरी नायव निरीक्षक यामबहादुर रानाभाट, गोमादेवी रानाभाट, शिक्षा उपसमिति संयोजक असफल गौतम, ऋण उप–समिति सदस्य प्रतिभा रानाभाटलगायतले बोेलेका थिए ।

सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चन्द्रु रानाभाटले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...