पोखरा बहुमुखीको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान

पोखरा । पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीकोत्सवको पुर्वसन्ध्यामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशीक रक्त संचार विभागको प्राविधिक सहयोगमा पोखरा पृथ्वीचोकमा सार्वजनिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदानमा क्याम्पस सम्बद्ध व्यक्ति तथा अन्य गरि ३९ जनाले रक्तदान गरेका थिए ।

क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत, रक्तदान जीवन दान भन्ने नारालाइ सार्थक बनाउन उक्त कार्यक्रम गरिएको कार्यक्रममा उपस्थीत पोखरा बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमान लालचनले बताए ।

यसैविच, रक्तदान अघि गरिएको औपचारिक समारोहमा बोल्दै, नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्तसन्चार बिभाग प्रमुख , अर्जुन ज्ञवालीले संस्थागत रुपमा गरिने नियमित रक्तदान कार्यक्रमहरुले जनसेवाको भावना जगाउन प्रेरणा दिनेमात्र होइन स्वास्थ्य संस्थाहरुमा रगतको अभाव सहज पुर्ती गर्न ठूलो टेवा पुग्ने बताए ।

पोखरा बहुमुखी क्याम्पस, व्यवस्थापन संकाय प्रमुख तथा रक्तदान कार्यक्रम संयोजक दिपक घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ प्राविधिक महेन्द्र केसी, क्याम्पसका प्राध्यापक भिम न्यौपाने लगायतले बोलेका थिए।

पोखरा बहुमुखी क्याम्पसले हरेक वर्ष विभिन्न समयमा रक्तदान लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...