पोखरा । कास्कीको माछापुच्छ्रे गाउपालिकाको रिभान स्थित हुम्दी कृषि सहकारी संस्थाको अध्यक्षमा डिल्लीराम गिरी चयन भएका छन् । संस्थाको आठौं साधारण सभा तथा चौथो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै अधिवेशनले संस्थाको उपाध्यक्षमा पार्वती लामिछाने, सचिवमा सिद्धिमान गुरुङ, कोषाध्यक्षमा कृष्ण प्रसाद लामिछाने चयन भएका छन् ।
त्यसैगरि सदस्यमा द्रोणाचार्य गिरी, चिज बहादुर गुरुङ, सिता लामिछाने, सुनिता सुवेदी लामिछाने, मिना बिक, खिमलाल लामिछाने र छविलाल लामिछाने चयन भएका छन् ।