‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार’ को तयारी तिव्र

पोखरा । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा मंसिर दोश्रो ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ ।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान को बृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकास संगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफÞ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ यही मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ ९आईटीएफÞ० को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो।

प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्ला र प्रदेश बाट करिब ४ सय खेलाडीको सहभागिता हुने छ। यसका लागि ढोरपाटनका स्थानीयबासीको साथ सहयोग रहनुका साथै यस सेमिनारलाई विशेष महत्वको साथ हेरिएको छ।
साथै कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।

जस अन्तर्गत मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्तीमगर, प्रतिक घर्तीमगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्तिमगरको संयोजकत्वमा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै खेल प्रर्दशनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउण्ड सिस्टम संयोजकतर्फ बसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातयात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल ब्यबस्थपनमा केशव थापा र स्वयमसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम संघिय सांसद तथा प्रभु ग्रुपलिका अध्यक्ष साथै नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका सल्लाहकार देविप्रकास भट्टचनले उद्धघाटन गर्नेछन्।

कमेन्टहरु
Loading...