भूकम्प प्रभावितलाई कास्की रेडक्रसको राहत

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुलाई राहत पठाएको छ । रेडक्रस कास्कीको आइतबार बसेको पदाधिकारीको बैठकको निर्णय अनुसार दुबै जिल्लाका प्रभावितको लागि १÷ १ लाखको दरले राहत पठाएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखा मार्फत राहत पठाएको हो ।

कार्यवहाक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यता आधारमा भूकम्प प्रभावितहरुको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रस कास्कीका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिल समेत गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्दार तथा राहात जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...