संबृद्धि सहकारीको रक्तदानमा ६७ प्वाईन्ट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तालचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएपछि रक्त संचार केन्द्रको आब्हानमा भएको रक्तदान कार्यक्रममा नयाँ र पुराना गरी ६७ जना रक्तदाताले रक्तदान गरेका हुन ।

पहिलो रक्तदाता कुमार पण्डित क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारंभ गर्दै, पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अझै पनि रक्तदानका विषयमा मानिसहरुमा चेतनाको अभाव रहेको बताए । हरेक स्वस्थ नागरिकले तीन÷तीन महिनामा रक्तदान गर्न सकिने उल्लेख गर्दै, संघसंस्थाले पनि बार्षिक र आकस्मिक तालिका बनाउन आग्रह गरे ।

अध्यक्ष थापाले गर्न सकिने काम र विषयमा मात्र बोल्न आग्रह गर्दै, बोलेपछि त्यसलाई पुरा गर्ने योजना बनाउन आग्रह गरे । उनले पछिल्लो समय सहकारीहरुको वित्तिय अवस्था सन्तुलित नभएको हल्ला बजारमा आईरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र के.सी ले रक्तदानको सोचमा परिवर्तन ल्याउन आग्रह गर्दै, घरघरमा रगत उत्पादन गर्ने व्यक्तिहरु भएपनि त्यो खेर गैरहेको उल्लेख गरे ।

सहकारी संस्थाका अध्यक्ष सुमन भट्टराईले डेगँु रोगका कारण रगतको आवश्यकता बढ्दा रक्त संचार केन्द्रले आग्रह गरेका बेला कार्यक्रमको आयोजना गरिएको बताए । उनले रगत अभावको समयमा सहयोगका लागि तत्पर रहन शेयर सदस्य एवं रक्तदाताहरुलाई आग्रह गरे । संस्थाका सचिव नवराज तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, निर्वतमान अध्यक्ष छत्रधर आत्रेय, पूर्वअध्यक्ष बलराम ढकाल, सहकारी अध्यक्ष सुमन भट्टराई लगायतले रक्तदान गरेका थिए ।

कमेन्टहरु
Loading...