गिरिजाप्रसाद जस्तै पार्टनर खोज्दैछुः प्रचण्ड

२८ माघ, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिक पार्टनरको खोजीमा रहेको बताउनु भएको छ ।

धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला जस्तो पार्टनर नभेटिएको बताउनु भयो । ‘गिरिजाप्रसाद जस्तो पार्टनर भेटिएन, उहाँ जस्तो पार्टनर भेटिएको भए देशले निकास पाइसक्थ्यो’ उहाँले भन्नुभयो-’म राजनीतिक पार्टनरको खोजीमा छु, भेट्नासाथ देशले निकास पाउँछ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति नभए देशमा निरंकुशता आउने चेतावनी दिनुभयो । राजा, पञ्चालय र ज्ञानेन्द्र जस्तो निरंकुशता नआएपनि निरंकुशता आउने उहाँको भनाई थियो । पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराएू र आफूको धेरै कुरा मिल्ने उहाँले बताउनु भयो । आफू तल्लो तहबाट र भट्टराई पढेर आएका केही मतभिन्नता रहेको भन्दै अध्यक्ष प्रचण्डले एकले अर्कालाई सुधारेर अघि बढ्ने बताउनु भएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...