हाम्रो सामुदायिक सहकारीको अध्यक्षमा पुनः लक्ष्मी नारायण निर्वाचित

पोखरा । पोखरा महानगर पालिका वडा नं. ६ मा अबस्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था को अध्यक्षमा पुन ः लक्ष्मी नारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

सहकारीको सोमबार सम्पन्न १३ औ बार्षिक साधारणसभा तथा पाचौं अधिबेशले श्रेष्ठ लाई पुनः चार बर्षका लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भरत बहादुर पौडेल, सचिबमा चिरञ्जीवी पौडेल, कोषाअध्यमा राम प्रसाद ढकाल र सहसचिबमा पदमराज पहारी चयन भए ।

यसैगरी सदस्यहरुमा चेतनारायण पाण्डे , तेजनारायण अधिकारी ,सुनिता बराल र जमुना पराजुली चयन हुनुभएको निर्वाचन अधिकृत तथा संस्थाका कानुनी सल्लाहकार कमल अर्यालले जानकारी दिए । यसैगरी लेखा समितिको संयोजकमा विष्णुप्रसाद बराल र सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ र दामोदर बराल चयन भए ।
यश अघि साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख बिना थापा मगरले सहकारी संस्थाहरु स्थापित नियम र कानुनका आधारमा सञ्चालित हुनुपर्ने बताइन् ।

विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सहकारीको समाजमा छरिएको सानो सानो पूँजी संकलन गरी व्यावसायिकता र उद्यमशिलताको विकासमा योगदान गरेको बताइन् ।

संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पम्फा पहारी र सहकारीका सात सिद्धान्त वाचन सदस्य चेतनारायण पाण्डेले गर्नुभयो । साधारणसभामा वडा सदस्य दीपेन्द्र पहारी, संस्थाका सचिव भरत बहादुर पौडेल , शेयर सदस्य जगन्नाथ अधिकारी , मितेरी नारी समूह बैदामका अध्यक्ष लक्ष्मी केसी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष नेत्र भण्डारी , सल्लहाकार मेहरमान श्रेष्ठ , कानुनी सल्लाहकार कमल अर्याल , सल्लाहकार चुडामणिा पहारी , इन्जिनियर भरतराज पहारी लगायतले सहकारी संस्थाले शेयरसदस्यको हितलाई ध्यान दिनुपर्ने बताएका थिए ।

विसं २०६७ मा स्थापना भएको सहकारीमा एक हजार शेयर सदस्य छन । संस्थाको शेयर पूँजी शेयर आठ करोड १२ लाख ६ हजार ८ सय र निक्षेप संकलन २१ करोड २० लाख ७५ हजार ८ सय ८७ रुपैया रहेको छ ।

कमेन्टहरु
Loading...