पोखरामा ईन्टरनेशनल ‘स्ट्याण्ड अप कमेडी शो’ हुने, इन्डियन कमेडियन आकाश मेहता आउदै

पोखरा । पोखरामा पहिलो पटक ईन्टरनेशनल स्ट्याण्ड अप कमेडीशो हुने भएको छ । इन्डियन स्ट्याण्ड अप कमेडियन आकाश मेहता यही सिलसिलामा नेपाल आएका छन्।

 

आउदो आश्विन ११ गते बिहिबार, पोखरा लेकसाइडको प्याराडिजो बारमा इन्डियन कमेडियन आकाश मेहताको शो रहने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कमेडियन आकाश मेहतासंगै नेपालका स्ट्याण्ड अप कमेडियन आयुष श्रेष्ठ र एलेन जंग थापाले पनि आफ्नो प्रस्तुति दिने प्रचार नेपालका संचालक पुरीले जनाए।

 

इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन, पोखरा र काठमाडौँमा हुनेछ । कार्यक्रमसंगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत हुने छ ।

 

कमेडीमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरुको कमेडीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले बताए ।

 

प्रचार नेपालले व्यवस्थापन गरेको कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा भैसकेको र पोखरामा २८ सेप्टेम्बरमा हुने छ । देवर्सको प्रस्तुति ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम काठमाडौँमा ३० सेप्टेम्बरमा हुनेछ ।

 

कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर बिभिन्न स्थानहरुको प्रचार गरिने प्रोडक्सन हेड तथा डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए।

कमेन्टहरु
Loading...