एमाले केन्द्रीय सदस्य थापा र पाहारीले गरे गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता

 

कमल सुबेदी

नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण थापा र राजिब पाहारीले एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधिका लागि कास्कीबाट मनोनयन दर्ता गराएका छन् । थापा र पाहारीले शनिबार मनोनयन दर्ता गरेसँगै एमाले गन्डकीको नेतृत्वको लागि आकाँक्षीको रुपमा हेरिरएको छ । थापा र पाहारीले गन्डकी प्रदेशको नेतृत्वले लिने चाहनासहित प्रतिनिधि छनोटमा मनोनयन दर्ता गरेको बताइएको छ ।
नेकपा एमाले गन्डकी प्रदेशको पहिलो अधिबेशन असोज १५ र १६ गते पोखरामा हुदै छ । अधिबेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने एमाले गन्डकीका कार्यालय सचिब माधब बास्तोलाले जानाकारी दिए । अधिबेशनको लागि गन्डकी प्रदेशभर बाट करिब ९०० प्रतिनिधि आउनेछन् ।
एमाले गन्डकी प्रदेशको अधिबेशनको लागि कास्की लगाएत गन्डकीका सबै जिल्लामा प्रतिनिधि छनोटका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रकेको एमालले जनाएको छ ।

कमेन्टहरु
Loading...