सामुदायिक सेवा केन्द्र कास्कीद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समिति कास्कीद्वारा भर्खरै सरुवा भएर आएका कास्की प्रहरी प्रमुख मोहन थापालाई स्वागत गरेको छ । संस्थाले शनिबार कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन थापालाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कास्की प्रहरी प्रमुख थापाले समाजिक कार्यमा सहकार्य गरी अगाडि बड्न प्रहरी सदैव तयार रहने बताए ।

साथै शान्ति, सुरक्षा एवं अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सामुदायिक सेवा केन्द्रहरुको महत्वपुर्ण भुमिका रहने हुँदा समुदायसँग सहकार्य गरि कास्की प्रहरी अगाडी बढ्ने प्रतिवद्धता उनले गरे ।

 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा न.६ का वडा अध्यक्ष विष्णु भट्टराई, संस्थापक अध्यक्ष मंगल नेपाली, सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष दान बहादुर भुजेललगायतले आआफ्नो भनाई राखेका थिए ।

 

संस्थाका अध्यक्ष भिम पराजुलीले विकृति विसङगति रहित समाजको निर्माण गर्नको लागि सबैलाई समेटेर तिब्र रुपमा अगाडि बढ्दै कास्की जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष मनपति भण्डारीले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका महासचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...