निलगगन विकास समाजले तिज विशेष कार्यक्रम गर्ने

पोखरा । निलगगन विकास समाज पोखरा २३ हर्पनले यस वर्ष पनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । विगत १८ बर्ष देखि निरन्तर तीज मेला गर्दै आएको समाजले हरितालिका तीजको अवसरमा नमुना आमा समूह हर्पन र जनसिद्ध आधारभूत विद्यालयसँग सहकार्यमा विभिन्न प्रतियोगीता सहित तिज विशेष कार्यक्रम गर्न लागेको हो ।

जिजु वाजेका पालादेखी नै यस क्षेत्रकै ठूलो मेलाको रुपमा चिनिने हर्पन गाउँको तीज मेला विस्तारै वसाई सराइ तथा युवा शक्तिकोे कारण मेला लोप हुने अवस्थामा पुगे पछि निलगगनले यस्ता मेला तथा अन्य महोत्सव गर्दै आएको कुरा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेले बताए ।

महिलाहरुको लागि तिज गित प्रतियोगित, नृत्य प्रतियोगिता, महिला म्युजिकल चियर, घैटो फुटाउने प्रतियोगीता, रसि तान्ने प्रतियोगीता रहेको छ भने पुरुष तर्फ भलिवल र छेलो प्रतियोगिता रहेको कार्यक्रमका संयोजक नारायण पौडेलले जानकारी दिए ।

कति चेलीका माइतिहरु गाउँबाट वासाइ सराइ गरी पोखरा लागएत अन्य क्षेत्रमा वसोवास गरेको भएपनि आफू जन्मेको हुर्केको गाउँमा नै गएर तीजमा साथी संगिनीहरु भेटघाट गरि रमाइलो गर्ने उदेश्यले पोखराबाट तिजको दिन गाडीको ब्यवस्था गरि त्यस गाउँका चेलीहरु गाउँमा जाने योजना समेत बनाएको धन कुमारी अधिकारीले बताइन ।

सास्कृतिको जगेर्ना गर्दै नयाँ प्रतिभाको खोजी गर्नु साथै खेलसंग मानव स्वास्थ्यको प्रत्यक्ष सम्वन्ध रहेकाले स्वास्थ्यको लागि खेलकुद र राष्ट्रकोलागि पनि खेलकुद भन्ने उदेश्यले यस महोत्सवमा विभिन्न प्रतियोगिता राखिएको कुरा संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी गराए ।

कमेन्टहरु
Loading...