रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

पोखरा । रेडियो जननीले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्धितिय, जयमुल आमा समुह वडा नं. २ तृतीय र कमल जौसी आमा समुह वडा नं. २५ सान्त्वना हुन सफल भएका छन् ।

 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्यमा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट भेषभुषामा माछापुच्छ्रे आमा समुह वडा नं. १४ लाई तीन÷तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीकुमारी बस्नेतले पहिलेका तिजका भाकामा पिडादायी शब्दहरु पाउन सकिन्थ्यो भने अहिले सम्बृद्धि र आर्थिक सशत्तिकरणका सन्देशलाई सुन्न पाइन्छ जुन सकारात्मक विषय भएको बताइन् । उनले तिज एउटा महत्वपूर्ण धार्मिक पर्व भएकोले अवको सन्ततीले संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिइन् । रेडियो जननीको यो कार्यक्रमले सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताइन् । अबको कदम भनेको महिलाको आर्थिक सशत्तिकरणतिर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

 

कार्यक्रममा स्वागत गर्दै रेडियोका अध्यष हिरा भट्टराईले सुरुवातमा महिलाले मात्र सञ्चालन गरेको रेडियोमा समानताको लागि अहिले पुरुषहरुलाई पनि समावेश गरेको जानकारी दिइन् । उनले १८ जनाबाट सुरुवात गरेको रेडियोमा अहिले थुप्रैलाई रेडियोसँग जोड्न सफल भएको जानकारी दिइन् । धेरैको साथ र सहयोगले यो स्थान सम्म आइपुगेकोले सहयोगी मनहरु सम्पूर्णलाई भट्टराईले आभार सहित धन्यवाद ज्ञापन गरिन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले आजभोली कर्म गर्ने संस्कारमा कमी आएको भन्दै रेडियो जननीले कर्म गर्दै उद्यमी बन्न सिकाएको बताए । पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले रेडियो जननीले महिला दिदीबहिनीहरुलाई उद्यमी बनाएर अगाडी बढ्न अग्रसर गराएकोले यसको उच्च मुल्याङ्कन गर्नुपर्ने बताए । कार्यक्रममा पोखरामहानगरपालिका वडा नं। १९ का महिला जनप्रतिनिधि दुर्गा बस्नेत र वडा नं। ८ का वडासचिव सविता ढुङ्गानाको विशेष उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा रेडियोका सञ्चालक समितिका सदस्य÷सल्लाहकार, आजीवन सदस्यहरु र आमा समुहहरुको उल्लेख्य सहभागीता रहेको थियो । ३५ वटा समुहले सहभागीता जनाएकोमा उत्कृष्ट ६ वटा समुहलाई फाइनलमा प्रतिष्पर्धा गराइएको कार्यक्रम संयोजक मैया थापाले जानकारी दिइन् । कार्यक्रममा जोजिजु म्यूजिक सेन्टरका कलाकारहरु हरीमाया जोजिजु, सानु जोजिजु, उत्प्रेम जोजिजु,खउत्प्रेरण जोजिजुले वाध्यवाधनद्धारा राष्ट्रिय गानको धुन र स्वागत धुन प्रस्तुत गरेका थिए ।

 

रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन रेडियोका निवर्तमान अध्यक्ष सविता शेरचन र कार्यक्रम सञ्चालन रेडियोका कार्यक्रम संयोजक सबु पाठकले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...