फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो  उपाधी

पोखरा / पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी   बिद्यालयस्तरिय पहिलो  ५/५ मर्दिखोला छात्र छात्रा  बास्केटबल  प्रतियोगितामा  फिष्टेल एकेडेमीले दोहोरो उपाधी जित्न सफल भएको छ ।

फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधी जित्न सफल भएको हो।

सो प्रतियोगितामा  छात्रातर्फ गण्डकी बोर्डिङले  द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।

 त्यसैगरी    छात्रतर्फ    दोश्रो   गण्डकी बोर्डिङ र तेस्रो स्थान  मनकामना बोर्डिङले  हासिल गर्न सफल भए।पोखरा स्थित  मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न  प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू बीस हजार, दस हजार र छ हजार सहित ट्रफी र मेडल प्राप्त गरे।

मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २०  र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।

कमेन्टहरु
Loading...