आज पनि एकै दिन डेढ करोड संकलन

माघ, २८/ब्राहमण समाज नेपाल कास्कीकोे आयोजनामा पोखरामा जारी श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञ आज पनि जारी छ । भक्तजन र दानवीरले महायज्ञको अवधी बढाउन माग गरेपछि आइतबार एक दिन महायज्ञको समय थप गरिएपनि अझै समय बढाउन भक्तजनहरुले माग गरिरहेका छन् । यद्यपी सोमबार महायज्ञको औपचारिक समापनसँगै पनि दानदिन चाहने दानवीरले दान गर्न सक्ने महायज्ञ मुल आयोजक समितिका महासचिव एवं प्रवत्ता विश्वमोहन पौडेलले जानकारी दिए । कास्कीका गाविसहरु, पोखरा र लेखनाथका विभिन्न वडाका आमा समुह, टोल विकास संस्था, वित्तिय संस्था र समाजिक सङ्घसंस्थाका प्रतिनिधि महायज्ञमा सहभागि भएका थिए ।

महायज्ञ मुल आयोजक समितिले महायज्ञमा सहभागि हुन छुटेका भक्तजनहरुलाई सहभागि भएर दान गर्न आव्हान गरेको छ । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरिरहेका छन् ।

कमेन्टहरु
Loading...