पुष्पलाल मध्यपहाडी राजमार्ग पिडित संघर्ष समितिद्वारा गण्डकीका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र

पोखरा । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६÷१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिए । ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताए । उनले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै , जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने वताए ।

ज्ञापनपत्र वुझाँउदै समितिका अध्यक्ष वस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पारे । ज्ञापनपत्रमा पोखरा १६÷१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापन तर्फ लगिएमा लामो समय देखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चीतता हुने भनिएको छ ।

पिडितहरुले यसअघि वडा कार्यालय घेराउ तथा तालावन्दी, महानगर घेराउ लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेका थिए ।

कमेन्टहरु
Loading...