पोखरामा ३५ वर्ष माथीका महिलाहरुको ह्याण्डबल प्रतियोगिता हुने

गन्थन संवाददाता, पोखरा । ३५ वर्ष माथीका महिलाहरुको ह्याण्डबल प्रतियोगिता भदौ १६ गते हुने भएको छ । वमेनस् क्लब अफ पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उक्त ह्याण्डबल प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विशेषगरि ३५ वर्ष माथिका महिलाहरुलाई शारिरिक र मानसिक स्वास्थ्य प्रति सक्रिय तथा जागरुक राख्न प्रतियोगिता आयोजना गरिएको संस्थाकी अध्यक्ष सारिका गुरुङले बताइन् । उनका अनुसार प्रत्येक टिममा १० जना गरि कुल ८० जनाले ३५ वर्ष माथिका महिलाहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ६१ वर्षसम्मका महिलाको सहभागिता रहने अध्यक्ष गुरुङले बताइन् । ‘खेलकुदले शरिरलाई स्वस्थ राख्छ र स्वास्थ शरिरले सुखी राख्ने भएकाले विशेषगरि ३५ कटेका महिलाहरुलाई खेलकुद मार्फत स्वस्थ राख्ने प्रतियोगिताको उद्देश्य हो ।’ –उनले भनिन् ।

 

संघ संस्था तथा साथीभाईबाट सहयोग मागि प्रतियोगिताको अनुमानित ३ लाख खर्च जुटाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रथम हुने टिमले नगद रु ३० हजार, दोस्रो हुने टिमले २० हजार र तेस्रो हुने टिमले १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले प्रतियोगिताबाट धेरै सन्देश दिन खोजिएकोमा खुसी व्यक्त गरे । समाज रुपान्तरणका लागि पनि संस्थाले भूमिका खेल्ने उनले आशा व्यक्त गरे ।

त्यसैगरि अग्रज खेलाडी खड्ग रानाभाटले थोरै तर उद्देश्यमुलक काम गनुपर्ने र निरन्तरतालाई ख्याल राख्नुपर्ने सुझाव व्यक्त गरे ।

खेलकुदका साथै अन्य स्वास्थ्य तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्दै जाने संस्थाकी रेनु गुरुङले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...