पोखरा । एसिया कप आजदेखि शुरु हुँदैछ । १६ औं संस्करणको कप पाकिस्तानको मुल्तानमा अपरान्ह ३ बजे उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानविरूद्ध खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ।
पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो।
१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिमको रुपमा हेरिएको छ ।