ग्यासको खुद्रा मुल्य १६६० भन्दा बढि लिए कास्की प्रशासनले कारवाही गर्ने

गन्थन संवाददाता, पोखरा । खाना पकाउने एल.पी. ग्यासको खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ । शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न कास्की प्रशासनले एक सूचना जारी गरि आग्रह गरेको हो ।

यदि तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट बिक्रि मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ ।

कास्की प्रशासनले जारी गरेको सूचना यस्तो छः

कास्की जिल्लामा शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत विभिन्न कम्पनीका एल।पी। ग्यासहरु खाना पकाउने तथा दैनिक उपभोगमा आईरहेको व्यहोरा सर्व विदितै छ । सो सम्बन्धमा नागरिकको दैनिक जिवनमा प्रत्यक्ष सरोकार राख्ने एल। पी। ग्यासको बिक्री वितरणका सम्बन्धमा यस कार्यालयमा प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न जनगुनासाहरु प्राप्त भई रहेको सन्दर्भमा नेपाल आयल निगम लिमिटेडको समायोजित मूल्य सूचि अनुरूप (डिलरबाट विक्री मूल्य १६१६ तथा कम्पनीले उपलब्ध गराएको अनलाईन भ्याट बिल जारी गरी रु १६६० खुद्रा मुल्यमा) विक्री वितरण गरी ग्यास विक्री वितरणलाई थप प्रभावकारी तथा सहज बनाई उपभोक्ता हित संरक्षण गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नियमित बजार अनुगमनका क्रममा अनलाईन भ्याट बिल जारी नभएको र प्रचलित कानून विपरित कार्य भएको देखिएमा स्वयम् विक्री वितरण गर्ने फर्म वा व्यक्ति वा कम्पनी जिम्मेवार हुनुपर्ने साथै प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

कमेन्टहरु
Loading...